एकैपटक ४१ एसपी र १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ नायब प्रहरी उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज ७ गते प्रहरी प्रमुखको निर्णय अनुसार एकैपटक ठुलो संख्यामा एसपी र डीएसपीको सरुवा गरेको जनाएको हो ।

सरुवा भएका एसपी तथा डीएसपीले हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान तालिम शाखा, महाराजगञ्जमा कार्यरत एसपी गोविन्दराज काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको रुपमा सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रविण धिताललाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरी सरुवा गरिएको छ ।

त्यस्तै सरुवा भएका डीएसपीहरुमा प्रहरी वृत महाराजगञ्जमा कार्यरत अमरबहादुर थापा क्षेत्रीलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । साथै साइबर ब्यूरोमा कार्यरत दिपक भारतीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ ।

को कहाँ पुगे हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?