ला लिगा : डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

लोकपथ
210
Shares

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ ।

एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो ।

रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औँ मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औँ मिनेटमा तेस्रो गोल गरे ।

रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७औँ मिनेटमा भए ।

रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो । मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?