साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र भुटानबीच प्रतिस्पर्धा

लोकपथ
427
Shares

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ ।  भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । 

समूह बी मा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पनि खेल्ने छन् । पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नेपाल र भुटानबीचको खेल भने साँझ पौने ६ बजे सुरु हुनेछ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने बाध्यता छ भने भुटानलाई बराबरीले पर्याप्त हुने छ ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोल अन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । श्रीलंका भने प्रतियोगिताबाट बाहिर भइसकेको छ । समूह ए बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?