खुद्रा तथा थोक बिक्रेता लक्षित महानगरपालिकाको निर्देशन  

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुद्रा तथा थोक बिक्रेताहरूलाई गुणस्तर शुद्धता र स्वच्छता कायम गरेर सामान बिक्री वितरण गर्नुपर्ने निर्देशन दिएको छ ।  

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रेताहरूका लागि आज एक सूचना जारी गर्दै यस बारेमा जानकारी गराएको हो । 

सूचनामा महानगरले मूल्य सूची बनाएर आफ्नो पसल अगाडि सबैले देख्ने गरी राख्नुपर्ने, अधिकतम मूल्य भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि बाँकी भएको सामान मात्र बिक्री वितरण गर्नुपर्ने, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने जस्ता कुराहरू उल्लेख गरिएको छ ।

महानगरले अनुगमनका क्रममा सूचनामा उल्लेखित विपरीत काम गरिएको पाइएमा वा उजुरी परेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?