एकपछि अर्को रेकर्ड तोड्दै सुनको मूल्य, आज फेरि नयाँ कीर्तिमान कायम

लोकपथ
847
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?