कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । सिराहामा बाबुको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?