इजरायलको आक्रमणमा मारिए हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसी

लोकपथ
126
Shares

काठमाडौं । इजरायलको हवाई आक्रमणमा परी हिजबुल्लाहका एक जना शीर्ष कमाण्डरको मृत्यु भएको छ ।  दक्षिणी बेरूतमा इजरायलले गरेको हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसीको मृत्यु भएको अमेरिकी अखबार सीएनएनले जनाएको छ । 

सीएनएनका अनुसार उनी हिजबुल्लाहको मिसाइल तथा रकेट युनिटका शीर्ष कमान्डर रहेका थिए । हिजबुल्लाहले कुबैसीको मृत्यु भएको जनाएको छ ।

इजरायली डिफेन्स फोर्सले कुबैसीसहित थप दुई जना कमाण्डर मारिएको पनि दाबी गरेको छ । तर हिजबुल्लाहले थप दुई जनाबारे खुलाएको छैन ।

इजरायलको शुक्रबारको आक्रमणमा परी हिजबुल्लाहका कमाण्डर इब्राहिम अकिल र अहमद वाहबीको मृत्यु भएको थियो । 

गत शुक्रबारदेखि हिजबुल्लाहविरूद्ध प्रत्यक्ष आक्रमणमा उत्रिएको इजरायलले त्यसयता लगातार आक्रमण गर्दै आइरहेको छ । सोमबार एकै दिन ४९२ जना मारिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?