राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालयमा शितलनिवासमा अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरे हुन् ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?