रविलाई शंकर पोखरेलको प्रश्न : ‘अनुसन्धान नै नभई कहाँबाट पाइयो क्लीन चिट ?’

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेले अनुसन्धान नै अघि नबढी क्लिन चिट पाएको हल्ला गरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रेस चौतारीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धानको प्रक्रिया अघि नबढ्दै क्लीन चिट पाएको घोषणा गर्नु गलत रहेको बताए ।

‘निर्दोष छु भन्ने, क्लिन चिट पाएको छु भनेर घोषणा गर्ने कुरा आइरहेको छ । क्लीन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा अघि बढेर सफाइ प्राप्त गरिन्छ । कसैले हल्ला गरेका भरमा क्लीन चिट प्राप्त हुँदैन । अदालतको प्रक्रियामा सामेल भएर निर्दोष देखिएपछि मात्रै क्लीन चिट प्राप्त गरेको ठहर्छ,’ उनले भने ।

संसदीय छानबिन समितिले लामो अनुसन्धानपछि कारबाहीको सिफारिस गरे पनि आफूले सफाइ पाए हिँड्नु गलत कुरा रहेको भन्दै रवि र रास्वपामाथि कटाक्ष गरे ।

त्यस्तै एमाले र कांग्रेस नेतृत्वको सरकार गठन भएपछि उद्योगी व्यवसायीको समस्या समाधान भएकादेखि वैदेशिक लगानीसम्म भित्रिएको दाबी गरे । विगतमा भएका अर्थतन्त्र जोखिमको अवस्था विस्तारै हट्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?