एनएमबि बैंकद्वारा पलेशा गोबर्धनलाई नगद ५ लाखसहित सम्मान

लोकपथ
21
Shares

काठमाडौं । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

बैंकले विशेष एक समारोहबीच गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ हस्तानतरण गरेको हो ।

पलेशाको प्रतिनिधित्व गर्दै उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै बैंकको उनीहरुलाई सम्मान गरेको हो ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?