काठमाडौं । कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर-१ का वडा अध्यक्ष तिलकराम यादवको निधन भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मस्तिष्कको ट्युमरको उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो ।
६८ वर्षीय यादव नेपाली कांग्रेस पार्टीबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । वडा अध्यक्ष यादवको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तुका पूर्व जिल्ला सभापति राजेश आचार्य र पूर्व जिल्ला सचिव सुरेश शर्माले गहिरो शोक व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया