भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका थप ६ समर्थक पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भारतीय ट्रकमा आगजनी गर्ने कार्यमा संलग्न थप ६ जनालाई गरेको छ ।

पक्राउ पर्नेहरु सबै मेडिकल व्यवसायी दुर्गा प्रसाईँको राष्ट्र, राष्ट्रियता धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानमा आवद्ध रहेका प्रसाईँका समर्थक हुन् ।

पक्राउ पर्नेमा झापाका विवस लिम्बू, बलिहाङ माबो लिम्बू, राजेश महत, रुद्र भुजेल, वीर बहादुर गुरुङ र उदय लिम्बू रहेका छन् ।

उनीहरुले गत असोज ६ गते रातको मौका छोपी भारतको सिलिगुढीबाट प्लाईको पत्ता बोकी सिरहा जाँदै गरेको भारतीय ट्रकमा आगजनी गरेका थिए ।

त्यस्तै यसअघि पनि उक्त ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?