पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । 

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडक खण्डको विभिन्न ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?