सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

लोकपथ
504
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

यसअघि बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ६० हजार ४ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ३ सयले वृद्धि भइ १ लाख ६० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । हिजो चाँदीको मूल्य १ हजार ९ सय ५५ रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको हो ।

पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको मूल्य वृद्धि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?