सिधा कुराविरुद्धको अदालतको अवहेलना मुद्दामा आज निर्णय सुनाइने

लोकपथ
112
Shares

काठमाडौं । सर्वाेच्च अदालतले सिधाकुरा डटकम अनलाइनविरुद्ध दायर अवहेलना मुद्दामा आज बिहीबार निर्णय सुनाउँदैछ ।
‘सिधाकुरा’ अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादकविरुद्धको मुद्दामा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले उक्त मुद्दामा सुनुवाइ गरी फैसला मिति तोकबमोजिम आज निर्णय सुनाउन लागेको हो ।


सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश र आठ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको थियो । बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेका थिए ।


सिधा कुरा डटकम नामक युट्युब र अनलाइनले अख्तियारको स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा बैठक बसेर डिल भएको समाचार र भिडियो प्रकाशन/प्रशारण गरेको थियो । भिडियोमा डिल भएको भन्दै बैठकको अडियो सामग्रीसमेत राखिएको थियो ।


तर, सर्वोच्च अदालत स्वयंले यस विषयलाई लिएर अदालतको अवहेलना भएको भन्दै रिट दायर गरेको थियो । त्यसक्रममा अदालतले प्रमाण भनिएको अडिओबारे छानबिन गर्न प्रहरीलाई आदेश दिएको थियो । उक्त अडियोको जाँचका क्रममा भ्रामक र असत्य भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?