ठगी र बलात्कार मुद्धामा फरार तीन नेपाली इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

भूपेन्द्र बोहोरा, कवीर बुढाथोकी उर्फ रियाज र रोमन कार्कीलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरी नेपाल ल्याइएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, बोहरा र बुढाथोकी ठगी मुद्दा र रोमन कार्की बलात्कार मुद्दामा फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?