साउनमा मात्रै भित्रियो झण्डै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा निकै सुधार

लोकपथ
133
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ ।


नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकअनुसार नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भएको छ । यो महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।


अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स ८७ करोड ९८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।


यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृतिमा विदेश जानेको संख्या बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?