चीनको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणबारे विश्वभरबाट आलोचना

लोकपथ
210
Shares

काठमाडौं  । चीनले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेपछि त्यसले विश्वलाई चिन्तित गराएको छ । 

बुधबार पहिलो पटक प्रशान्त महासागरमा प्रक्षेपण गरिएको क्षेप्यास्त्रप्रति अन्य देशले विरोध सुरु गरेका छन् । जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

सेप्टेम्बर २५ तारिख ८ बजेर ४४ मिनेटमा चिनियाँ जनमुक्ति सेनाका रकेट सैनिकले प्रशान्त महासागर सम्बन्धित उच्च समुद्रमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक प्रक्षेपण गरेको थियो । 

तर चिनियाँ रक्षा मन्त्रालयले प्रक्षेपण कार्य रकेट सैनिकको वार्षिक सैन्य प्रशिक्षणको नियमित कार्य भएको जनाएको छ । उक्त प्रक्षेपणबारे चिनियाँ पक्षले सम्बन्धित देशलाई अग्रिम जानकारी गराएको दाबी गरेको छ ।

‘बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो,’ रक्षा मन्त्रालयले भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?