अरिंगालले टोकेर चार जना विद्यार्थी घाइते

लोकपथ
0
Shares

काठमाडौं । लमजुङको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक विद्यालय जाँदै गर्दा बाटोमा अरिंगालले टोकेर चार जना विद्यार्थी घाइते भएका छन् ।


आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिंगालले टोकेर बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीया रीना गुरुङ, १२ वर्षीया अर्जना तामाङ, १३ वर्षीया संगीता तामाङ र १० वर्षीया करुणा गुरुङ घाइते भएकी हुन् ।

घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिंगालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताए ।

घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?