नेपालकै लामो झोलुंगे पुल उद्घाटन : जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताबाट सुस्तावासीलाई छुटकारा

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो झोलुंगे पुलको उद्घाटन गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुंगे पुल निर्माण गरिएको हो । 

राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । नेपाल सरकार, शहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको हो ।  

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोबास छ । यो पुल बन्नुअघि स्थानीयहरू डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । वर्षायाममा उच्च बहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ। सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोबास छ । यो पुल बन्नुअघि स्थानीयहरू डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । वर्षायाममा उच्च बहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो।

डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत व्यहोर्नुपरेको थियो। एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याटबाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो। यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?