३२ अंकले घटेर बन्द भयो साताको अन्तिम दिनको शेयर बजार

लोकपथ
49
Shares

काठमाडौं । अघिल्लो कारोबार दिन बढेको शेयर बजार मापक नेप्से आज अन्तिम कारोबार दिन बिहीबार पुनः आरालो लागेको छ ।

आज शेयर बजार ३२ दशमलव ८१ अंकले बजार घटेको नेप्सेले जनाएको छ । १ दशमलव ३० प्रतिशतले बजार घट्दा २ हजार ४ सय ८६ दशमलव ७६ बिन्दुमा बजार रोकिएको छ ।

त्यस्तै आज कारोबार रकम पनि घटेको छ । आज कुल ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २० रुपैयाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ । त्यस्तै आज १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता शेयर कारोबार हुँदा ३८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २०२ कम्पनीको शेयर मूल्य घट्दा ४ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

आज कारोबारमा आएकामध्ये वीन नेपाल लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल बालाजु, एनएमबी डिभेञ्चर लगायनको शेयरका लगानीकर्ताहरुले अत्याधिक कमाएका छन् । त्यस्तै ग्रीन भेन्चर लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी, अपी पावर कम्पनी लिमिटेड थ्री स्टार हाइड्रोपावर कम्पनी लगायतका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा निरन्तर शेयर बजारमा गिरावट आइरहेको छ । त्यसो त अघिल्लो कारोबार दिन बुधबार शेयर बजारमा २४ अंकको बढोत्तरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?