आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बर अफ कमर्सको ध्यानाकर्षण

लोकपथ
28
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण गराएको छ ।

मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको वर्तमान अवस्थामा विद्यमान कानुनी व्यवस्था विपरीत भएको विभागको पछिल्लो निर्णयले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्ने भन्दै आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत ध्यानाकर्षण गराएको हो ।

सानो र ठुला कारोबारीहरुबीच हिसाब मिलान गर्नुपर्ने अवस्थासमेत रहेको परिप्रेक्ष्यमा विभागको सफ्टवेयर क्षमता अभिवृद्धि गर्नुपर्ने र विगतमा झैँ आय विवरण दाखिलाको समय साबिक बमोजिम गर्ने व्यवस्थाको लागि पनि नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?