दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा गर्दै मदन भण्डारी मेमोरियल कलेज

लोकपथ
35
Shares

काठमाडौं  । मदन भण्डारी मेमोरियल कलेज काठमाडौंले खोज तथा अन्वेषण गर्ने बानीको विकास र सहकार्य विस्तार गर्ने उद्देश्यले शुक्रवारदेखि दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ ।

तीन दिनसम्म चल्ने ह्याकाथनमा नेपाल तथा भारतका सय बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू सहभागी हुने छन् । ह्याकाथनमा वातावरण, प्रविधि, स्वास्थ्य र पहुँच, साइबर सुरक्षा, पर्यटन कृषि तथा वित्तीय प्रविधि लगायतका विद्यामा खोज तथा अन्वेषण सम्बन्धी प्रस्तुति रहने क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए । 

मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्ययतामा हुने कार्यक्रम शुक्रवार बिहान ११ः३० बजे बाट सुरु हुनेछ ।

प्रतिस्पर्धामा ६ ओटा विभिन्न विधामा आधारित रही विजेताहरू चयन गरिनेछ । सहभागीहरूले ३ देखि ४ जनाको समूहमा रही आ–आफ्नो समूहगत खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्नेछन् । विधागत ६ वटै समूहका विजेताहरुलाई  १०,००० र सर्वोत्कृष्ट हुने एक समूहलाई नगद ५०,०००सहित प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले बताए । प्रतिस्पर्धाको पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?