भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । पूर्वी भारतमा  ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । 

बिहार राज्यको विपद् व्यवस्थापन विभागका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा डुबेर मृत्यु भएको हो । 

बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घण्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?