काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबारसहित लगातार पाँच दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ५ सय रूपैयाँ बढी हो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया