पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

लोकपथ
91
Shares

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान सबा ९ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–८ चारसयवेँसी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा उक्त स्थानमा सवारी आवागमनमा समस्या भएको छ । सो ठाउँमा प्रहरी टोली खटिएको र सडक विभागसँग समन्वय गरी पहिरो हटाउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?