चाडपर्वमा ३ हजार ७ सय ६५ प्रहरी परिचालन गरिने 

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दसैँ, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरू पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताएका छन् ।

उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायरामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । हाम्रो लक्ष्यमा दसैँ, तिहार र छठ पर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याई काठमाडौं उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो । जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायरामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । यसका लागि सुरक्षाका क्षेत्रहरू पहिचान गरेका छौँ । त्यस्ता क्षेत्रहरूमा स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खाली रहेको घर, सरकारी कार्यालय, भिडभाड हुने बजारहरू रहेका छन् ।’

चाडवाडमा लुटपाट, चोरी डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृत्रिम अभाव जस्ता अपराध हुन सक्ने प्रहरीको आंकलन छ । 

यस्ता आपराधिक घटनाहरू न्यूनीकरणका लागि उपत्यकामा  ३ हजार ७ सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?