साउन र भदौमा जीवन बीमकको व्यापार ३० अर्ब ८ करोडभन्दा बढी, कुनको कति ?

लोकपथ
21
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।

हाल सञ्चालनमा १४ वटा बीमा कम्पनी रहेकोमा ती जीवन बीमक कम्पनीले साउन र भदौ महिनामा १ करोड ३४ लाख १२ हजार १३३ वटा बीमा लेख बिक्री गरेर ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले साउनमा कुल ५३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । सो अवधिमा उनीहरुले ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरेका थिए ।

यो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको बिक्री सबैभन्दा बढी छ । उक्त कम्पनीले सो अवधिसम्मा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसपछि नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको एलआईसी कार्पोरसन नेपालले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ, हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, एशियन लाइफले १ अर्ब ४७ करोड २० लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ७८ लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख, मेट लाइफले ९६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख, आईएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिसम्ममा सवैभन्दा थोरै बीमाशुल्क आर्जन गरेको सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?