राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने तयारीमा विधायन समिति

लोकपथ
28
Shares

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरूको अवलोकन गर्नुपर्ने बताएका छन् ।

शुक्रवार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकमा उनले चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हामी नगई नहुने एउटा चितवन राष्ट्रिय निकुञ्ज छ । जहाँ धेरै कुराहरू उठिरहेका छन् । सकभर चितवन र बागमतीको एउटा कार्यक्रम राखेर मकवानपुर र चितवन गएर प्रत्यायोजित विधायनसँग सम्बन्धित विषय र  निकुञ्जसँग सम्बन्धित विषयहरू एकै पटक सांसदसँग र त्यहाँको जनसमुदायसँग गर्ने गरी अवलोकन गर्नुपर्नेछ ।’

साथै उनले सुझाव सल्लाह दिन समितिका सदस्यहरूलाई आग्रह गरेका छन् । उनले राम्रो कामको मात्र नभई नराम्रो काम भइरहँदा सदस्यहरूको सुझावले सच्याउन मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?