उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलाई आग्रह गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यका पसल सञ्चालन गरेको, दसैँ, तिहार, छठ नजिकिँदै जाँदा तरकारीजन्य सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामान खुद्रा पसलमा भन्दा ठुला सुपर मार्केटमा मूल्य बढी रहेको पाइएको आयोगले जनाएको छ । 

यातायाततर्फ चाडपर्वमा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउन अग्रिम टिकट बुकिङ गर्न अनलाइनको व्यवस्था गरिएको र यातायात व्यवस्था विभागलगायतका निकायबाट तोकिएको भन्दा बढी भाडा लिन नपाउने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?