बनस्थलीमा चालकसहित मोटरसाइकल ढलमा खस्यो

लोकपथ
581
Shares

काठमाडौं । काठमाडौंको बनस्थलीमा मोटरसाइकलाई बाढीले बगाएको छ ।

अन्नपूर्ण चोकमा अविरल वर्षापछि आएको बाढीले चालकसहित मोटरसाइकललाई बाढीले बगाएर ढलमा खसालेको हो ।

शुक्रबार साँझ ६ बजेतिरको समयमा बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा खस्दा बगाएको हो ।

मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक भने बेपत्ता भएका छन् । बेपत्ता चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । साथै काठमाडौं उपत्यकाका पनि विभिन्न ठाउँहरु डुवानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?