बल्खुमा शव भेटियो, बनस्थलीबाट बगाएको मोटरसाइकलको चालक हुनसक्ने

लोकपथ
462
Shares

काठमाडौं । बल्खुमा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको छ ।

त्रिभुवन विश्वविद्यालय अघि बल्खु खोला किनारमा शव फेला परेको सशस्त्र प्रहरी बलको उद्दार टोलीले जानकारी दियो ।

उक्त शव शुक्रबार साँझ बनस्थलीबाट मोटरसाइकलसहित बगाएको चालकको हुनसक्ने अनुमान गरिएको छ । बनस्थलीको अन्नपूर्ण चोकबाट मोटरसाइकलसहित एक व्यक्तिलाई बाढीले ढलमा बगाएको थियो । मोटरसाइकल फेला परे पनि चालक भने बेपत्ता रहेका छन् ।

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?