डलर पाउण्डसहित अधिकांश मुद्राको भाउ बढ्यो, कुनको कति ?

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशको विदेशी मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश मुद्राको भाउ बढेको पाइएको छ ।

जसअनुसार अमेरिकी डलरको भाउ केही बढेको छ । अघिल्लो दिन शुक्रबार अमेरिकी डलरको भाउ १३४ रुपैयाँ १४ पैसा रहेको थियो । आज भाउ बढेर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै आज यूरोपियन यूरोको भाउ पनि बढेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार यूरोको भाउ १४९ रुपैयाँ ६० पैसा रहेकोमा आज भाउ बढेर १४९ रुपैयाँ ८१ पैसा कायम रहेको छ ।

त्यस्तै आज यूके पाउण्ड स्टर्लिङको भाउ १७९ रुपैयाँ ४७ पैसा रहेको थियो । आज भाउ बढेर १७४ रुपैयाँ ७४ पैसा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार विश्वको अति महंगो मुद्रा मानिने कुवेती दिनारको मूल्य समेत आज बढेको छ । हिजो दिनारको भाउ ४३९ रुपैयाँ ५९ पैसा रहेको थियो । आज मूल्य वृद्धि भइ ४३९ रुपैयाँ ९८ रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?