बाढीपहिरो वितण्डा : देशभर मृत्यु हुनेको संख्या ८ पुग्यो

लोकपथ
28
Shares

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

बाढी पहिरोमा परि हालसम्म ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनकुटा र पाँचथरमा २, काभ्रेमा ३ र ललितपुरमा १ जनाको मृत्यु भएको हो ।

अविरल वर्षाका कारण देशभरका मुख्य सडकखण्ड प्रभावित भएको छ । ठाउँठाउँमा खसेको पहिरोका कारण दुईतर्फीै आवागमन बन्द हुन पुगेका छन् । कतिपय यात्रुहरु पहिरोका कारण बिच बाटैमा अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?