पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु, ३ जना भागेर बाँचे

लोकपथ
56
Shares

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी पाँचथरमा आमाछोरीको मृत्यु भएको छ ।

निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो ।

मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?