अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

लोकपथ
42
Shares

काठमाडौं । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाले बौदीकाली गाउँपालिकाको मचेडी देउँसी खोल्सी र ठूलो खोलामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

गैँडाकोट नगरपालिका–३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुकबहादुर गुरुङले बताए ।

अहिले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसकिएको बताउँद वर्षा रोकिएपछि सडक सञ्चालन गरिने उनले जानकारी दिए ।

कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध हुनुका साथै समथर भूभागमा डुबान र सडक कटान जोखिममा परेका प्रहरी सहायक निरीक्षक गुरुङले बताए ।

जिल्लाको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा डुबानका कारण एउटा परिवार विस्थापित भएका प्रहरी सहायक निरीक्षक भरत थापाले बताए ।

स्थानीय दुर्गा देवकोटाको घर डुबानमा परेपछि उद्धार गरी अन्यत्र सारिएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?