मदनकृष्णको स्वरमा रहेको गीतकार शम्भु जमरकट्टेलको ‘कस्ले देला बलिदान ?’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
658
Shares

काठमाडौं । गीतकार शम्भु जमरकट्टेल ‘हेदाङ्गने’को राष्ट्रिय भाव झल्किने ‘कस्ले देला बलिदान ?’ सार्वजनिक भएको छ ।

आइतबार बिहान शशी कुञ्ज नामक यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गीतकार जमरकट्टेलको रचनामा रहेको ‘कस्ले देला बलिदान’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ भने प्रेक्क्षा गौतमको साथ रहेको छ ।

त्यस्तै उक्त गीतको भिडियो निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् भने म्युजिक निर्देशन वरिष्ठ संगीतकार किर्ती न्यौपानेले गरेका हुन् ।

मुकेश न्यौपानेसहितको टीमले उक्त भिडियोको छायांकन गरेका हुन् ।

युवा पलायनताले देशमा निम्त्याएको निराशाको अवस्थालाई गीतले समेटेको छ । भिडियोमा मदनकृष्ण श्रेष्ठ, गीतकार शम्भु जमरकट्टेल लगायतको अभिनय रहेको छ ।

सक्रिय श्रम गर्न सक्ने युवाशक्ति बाध्यताले विदेश पलायन हुँदा वृद्धाश्रम जस्तो बनेको नेपालको अवस्थालाई गीतले चित्रण गरेको छ ।

‘घरबारी देशै छाडी युवा विदेश लागे, कस्ले देला बलिदान देशले रगत मागे ?’ गीतको उक्त अंशले नेता र नेतृत्वलाई प्रश्न चिह्न खडा गरेको छ । वर्तमान अवस्थालाई प्रखर रुपमा उतारिएका कारण उक्त गीतले आम नेपालीको मन छुने अपेक्षा गरिएको छ ।

त्यसो त गीतकार जमरकट्टेलले यसअघि पनि विभिन्न चर्चित गीत बजारमा सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?