बाढीपहिरो असर : काठमाडौंमा आकाशियो तरकारीको भाउ

लोकपथ
161
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ । 

समितिका अनुसार आज सबैजसो तरकारीको मूल्यको भाउ बढेको छ । कालिमाटी बजारमा आज सानो गोलभेँडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ । 

टनेलको गोलभेँडा आज किलोको ९० रुपैयाँ किनबेच भइरहेको छ । त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ । 

बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । स्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।

यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफूलको भाउ पनि बढेको छ । लगातारको वर्षाले हिजो काठमाडौं उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भई भाउ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?