आगामी तीन दिन भारी वर्षा नहुने

लोकपथ
609
Shares

काठमाडौं । आगामी दिन दिन देशभर भारी वर्षा नहुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आगामी तीन दिन भारी वर्षाको सम्भावना नरहेको जनाएको हो । यद्यपि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार (आज) कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज रातिको समयमा कोशी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार (भोली) दिउँसोको समयमा सबै प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने । रातिको समयमा कोशी प्रदेश लगायत पहाडी भूमागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूमागमा मौसम सफा रहनेछ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार (पर्सी) कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । त्यसो त कोशी प्रदेशका केही स्थानहरु, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सो दिन रातिको समयमा कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गत बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । देशभर ठुलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?