यी हुन् बाढीपहिरोले अवरुद्ध बनेका ४८ वटा राजमार्ग (सूचीसहित)

लोकपथ
245
Shares
फाइल तस्बिर

काठमाडौं । दुई दिनको लगातारको झरीपछिको बाढीपहिरोले मुलुकभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएको छ । यसैगरी लुम्बिनी प्रदेशका ८ वटा राजमार्ग अवरुद्ध हुँदा कोशी र गण्डकी प्रदेशका ६–६ मुख्य राजमार्ग, काठमाडौं उपत्यकाका ५ वटा र कर्णाली प्रदेशको एउटा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।


बागमती प्रदेशमा मुख्य राजमार्ग अवरुद्ध हुनेमा कान्ति लोकपथ सडक खण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकअन्तर्गत इन्द्रसरोबर गाउँपालिका–२ सुकौरा, कान्ति लोकपथ सडक खण्डको बकैयाँ गाउँपालिका–११ आँपचौर र लाम्राङ, भित्रुवन राजपथ सडकको थाहा नगरपालिका ११ टिस्टुड देउराली, सोही राजमार्गकै थाहा नगरपालिका–५ मा, कुलेखानी मार्खु सडक खण्डको इन्द्रसरोबर गाउँपालिका–१ मा र सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोबर गाउँपालिका–३ मा पहिरो गएका कारण पूर्ण अवरुद्ध भएको छ ।


यस्तै, बामगती प्रदेशकै धादिङमा पर्ने मदनभण्डारी राजमार्ग (सुरुङमार्ग) अन्तर्गत धुनिवेँशी नगरपालिका–९ त्रिभुवराजपथ, पृथ्वी लोकमार्गमा थाक्रे गाउँपालिका–२ कमेरे, सोही लोकमार्गकै बेनिट रोराङ गाउँपालिका ३, बेनिघाट रोराङ गाउँपालिका–३, गजुरी गाउँपालिका–२ छहारा पानी, बेनिघाट रोराङ गाउँपालिका–१० तिङराङखानी, गल्छी गाउँपालिका–४ चिरौदीमा पनि पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । बागमती प्रदेशकै काभ्रेपलाञ्चोकमा पर्ने बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८, चारसवेशी र रामेछापमा पर्ने रामेछाप र सिन्धुली–खुर्कोट सडक खण्डमा पर्ने मन्धली नगरपालिका–६ मा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

सिन्धुलीमा पर्ने मध्य–पहाडी लोकमार्गमा गोलञ्जर गाउँपालिका–६, अकरेभिर, सोही लोकमार्गमा पर्ने फिक्कल गाउँपालिका–२ सुम्नामबेशी र मदनभण्डारी राजमार्ग सडक खण्डअन्तर्गत हरिहरपुरगढी गाउँपालिका ४ मा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।


यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्गअन्तर्गत चौतारा– साँगाचोकगढी नगरपालिका–११, पहरीगाउँ, वनदेउ–चौतारा सडक खण्ड अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११ र पोखरे, बाह्रविसे–तातोपानी सडक खण्डको बाह्रविसे नगरपालिका– ५ मा पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

अन्य प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहमा पर्ने सडक खण्ड पनि पूर्ण तथा आंशिक रुपमा अवरुद्ध भएका छन् ।

लुम्बिनी प्रदेशको पाल्पामा पर्ने सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी, पाल्पा–गुल्मी पक्की सडकअन्तर्गत गर्ने तानसेन नगरपालिका–५, कैलाशनगर, अर्घाखाचीको गोरुसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा नगरपालिका– २ भुवनपाटा, रोल्पामा पर्ने रुकुम घोराही सहिद राजमार्ग अन्तरतगत त्रिवेणी गाउँपालिका–२, सोही जिल्लाको सहिद राजमार्गअन्तर्गत माडी गाउँपालिका–२ पाछा, गुल्मीमा पर्ने तम्घास रिडी पक्की सडक खण्ड अन्तरगत छत्रकोट गाउँपालिका–३ लुम्छा र दाङमा पर्ने दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ रामीमा पहिरो जादाँ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?