दाहाल र पौडलले दिए हरिबोल गजुरेललाई चुनौती

काठमाण्डौं । प्रतिनिधी सभा र प्रदेश सभा टिकट वितरणमा खरिद विक्रि भएको खुलेपछि नेकपा माओवादी केन्द्र सिन्धुलीमा विद्रोह हुने भएको छ । टिकट वितरणको जिम्मा पाएका पार्टी नेता हरिबोल गजुरेलले समानुपातिकतर्फको टिकट ठेकेदारलाई बेचेपछि सिन्धुली २ प्रतिनिधी सभातर्फ गजुरेलकै विरुद्धमा दुई जना माओवादी नेताले बागी उम्मेदवारी दिने तयारी गरेका छन् गजुरेलको विरुद्ध सिन्धुलीका पुराना वामपन्थी नेता कमलप्रसाद दाहाल र नारायण पौडेलले गजुरेलले टिकट वितरणमा एकलौटी गरेकाले उनको विरुद्ध मैदानमा उत्रिन वाध्य भएको बताए। सिन्धुलीका पार्टी संयोजक राजन दाहाललाई समेत प्रतिनिधि सभामा आउन नदिने षडयन्त्र नेता गजुरेलले गरेको खुलेपछि गजुरेल विरुद्ध माओवादी केन्द्र सिन्धुलीका नेता कार्यकर्ता आक्रोषित भएका हुन् माओवादी हेर्डक्वाटरले दाहाल र पौडेल दुवैलाई प्रतिनिधी सभा र यता प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकको उम्मेदवारी बनाउने निर्णय गरेको थियो । तर पछिल्लो समयमा आएर गजुरेले टिकट वितरणमा आफु निकट मान्छे हालेपछि सिन्धुली माओवादीमा यस्तो भाडभैलो भएको हो सिन्धुली २ मा प्रतिनिधि सभामा संयोजक दाहाललाई पार्टी हेडक्वाटरले टिकट दिने निश्चित गरेपनि गजुरेलले दाहालको टिकट खोसेर आफु उठेका छन् । सिन्धुली २ प्रदेश सभातर्फको ख मा समेत दाहाललाई आउन नदिएर सिन्धुली १ प्रदेश सभातर्फ क मा धकेलेपछि गजुरेलको अवस्था नाजुक बन्दै गएको छ सिन्धुली २ लाई आफनो पकट क्षेत्र बनाउने उदेश्यले उनले राजन दाहाललाई सिन्धुली १ क मा जवरजस्त जान वाध्य बनाएको सिन्धुलीका माओवादी नेता कार्यकता नै बताउँछन् । दाहाल र पौडेलको बागी उम्मेदवारी सँगै गजुरेल समस्यामा परेका छन्दाहाल र पौडेलको उम्मेदवारीले काँग्रेस उम्मेदवार नरेन्द्रजंग थापा भन्दा पनि पछि गजुरेल पर्ने निश्चित जस्तै छ । सधै विवादमा तानिदै आएका गजुरेल कृषि मन्त्री हुँदा जिल्लाका लागि कुनै काम नगरेको र कहिले गमलामा धान रोपेर त कहिले चलचित्र हलमा रोएर हाँसोका पात्र बनेका थिए । सिन्धुली २ का जनताले भने सधै टुरिष्ट उम्मेदवार नभई यसपटक भने स्थानीय उम्मेदवार खोजेको वताए । स्थानीयले आफनो नेता आफै नखोजे सधै विकासमा ठगिने समेत गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?