१७औँ वार्षिकोत्सवका अवसरमा प्राइम बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले असोज ११ गते बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखेका थिए ।

त्यस्तै आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?