साताको पहिलो कारोबार दिन नै शेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
21
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज शेयर बजार मापक नेप्से परिसूचक २२ दशमलव ३६ अंकले गिरावट आएको हो । आज बजार शून्य दलमलव ८९ प्रतिशतले घट्दा बजार परिसूचक २ हजार ४ सय ६४ अंकमा रोकिएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज १ करोड, ३ लाख ११ हजार ८ सय ८५ कित्ता शेयर ४ अर्ब, ५ करोड, ६ लाख ५८ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये वीन नेपाल लघुवित्त वित्तीय संस्था, कुमारी सवल योजना, इन्गवा हाइड्रोपावर लिमिटेड, एनएलजी इन्स्योरेन्स तथा सोनापुर मिन्रल्स एण्ड ओइल लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यता अपर स्यान्जेन हाइड्रोपावर, एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, उपकार हेवाखोला हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । बजारमा शेयरसम्बन्धी सामान्य मात्रै ज्ञान राख्नेहरुले विश्लेषण गरेर लगानीकर्ताहरुलाई दोधारमा पारेको भन्दै त्यस्ता विश्लेषणको भर नपर्न नेप्सेले आग्रह गरेको छ । नेप्सेले विज्ञप्ति जारी गर्दै आफूहरुले कुनै पनि व्यक्तिलाई बजार विश्लेषक नियुक्त नगरेको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?