राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेकी छिन् । 

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच कार्यवाहक अध्यक्ष ओझाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?