काठमाडौं । काठमाडौं र धादिङको सिमानामा पर्ने नागढुंगास्थित झ्याप्ले खोलामा बाढीपहिरोका कारण अलपत्र यात्रुहरुलाई सुरुङ मार्गबाट काठमाडौं पठाइएको छ ।
सयौँ यात्रुहरु त्यहाँ अलपत्र भएसँगै नागढुंगा सुरुङमार्गबाट काठमाडौंतर्फ पठाइएको हो । त्यस्तै त्यहाँ रोकिएर रहेका अत्यावश्यक सवारीका साधनहरुलाई समेत सुरुङ मार्गबाटै काठमाडौं पठाइएको हो ।
हालसम्म त्यहाँबाट २२ सय यात्रुलाई सुरुङमार्गबाट काठमाडौं पठाइएको हो ।
त्यहाँ धेरै सवारीसाधनहरु पहिरोमा पुरिएका कारण उद्धारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतमकुमार केसी आफैँ फिल्डमा खटिएका छन् । त्यहाँबाट अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।
बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण झ्याप्ले खोलामा पहिरो जाँदा त्यहाँबाट काठमाडौंसम्मको सम्पर्क टुटेको छ । १०० भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरेर त्यहाँ उद्धारको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया