हवाई भाडा सहुलियत गर्न अमेरिकाबाटै ओलीको उर्दी

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन्  ।

हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महँगो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । 

‘एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ, ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखका छन्, ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?