काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग गरेको छ ।
समितिका इन्चार्ज पम्फा भुसाल, सहइन्चार्ज ओम शर्मा र संगठन कार्यालयका मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए । बाढीपहिरोको पछिल्लो घटना लगत्तै पार्टीको पहल लिएर देशव्यापी रूपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे ।
मानवीय विपद्को मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया