काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले बाढी पहिरो प्रभावित श्रमिक एवं नागरिकहरूको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै बर्षात अझै हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै प्रभावितहरूको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न माग गरेको हो ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारसँग माग गरेका हुन् । उनले प्रभावितहरूको उद्धार, रक्षा, खोजी कार्य, राहत वितरण, अस्थायी बासको व्यवस्था र घाइतेहरूको प्रभावकारी रूपमा निःशुल्क उपचारका लागि माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया