काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाएपछि सडक दुईतर्फीै रुपमा सञ्चालनमा आएको छ ।
सबै पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार साँझ साढे ७ बजेको समयबाट उक्त सडकखण्ड दुईतर्फीै सञ्चालनमा आएको हो ।
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि ४ वटा माइक्रोबस त्यहाँ पुरिएका थिए । शनिबार साँझबाट आजसम्म त्यहाँबाट ३५ वटा शव निकालिएको हो ।
पहिरोका कारण सडक बन्द हुँदा सयौँ यात्रु बिचल्लीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया