काठमाडौँ, १६ कात्तिक- निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो प्रदेश २ मा राजपा र फोरमले प्रतिनिधिसभामा न्यूनतम २० सिट र प्रदेशसभामा ४० सिट मागेका थिए । यो प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् कांग्रेसले ५० प्रतिशतभन्दा बढी (प्रतिनिधिसभामा कम्तिमा १७ सिट) चाहिने अडान राखेपछि राजपा र फोरमसँग तालमेलको संभावना करिब समाप्त भएको हो, कान्तिपुर दैनिकमा खबर छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया